पोखरा २६ का जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामाग्री हस्तान्तरण

पाेखरा | साउन ६, २०८२

पोखरा २६ का जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामाग्री हस्तान्तरण

पोखरा:   पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । 


वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका हुन ।


घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।


यसैगरी देउराली मन्दिरको समूहलाई पनि एक सेट बाद्यबाधनको सामाग्री हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले जेष्ठ नागरिकको शिप, ज्ञान र विचारलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए ।


थापाले जेष्ठ नागरिकहरु स्वभावैले धार्मिक हुने भएकाले भजन कृतनमा सहज हुने गरी सामाग्री बितरण गरिएको बताए । उनले आफुहरु निर्वाचित भएर आएपछि जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रमा खाजा बितरण र विपन्न सुत्केरीलाई पोषण बितरणको पहिलो निर्णयमा हस्ताक्षर गरेको उल्लेख गरे ।


उनले सोही निर्णय अनुसार बार्षिक रुपमा वडाका चार स्थानका जेष्ठ नागरिक सेवा केन्द्रमा खाजा बितरण गर्दै आएको बताए ।


वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, सचिव लिलामणि भण्डारी सहित वडाको टिम सामाग्रही बितरण गर्न सेवा केन्द्रमा पुगेको थियो ।


यसैविच परियार समाज पोखरा २६ लाई लोकसंस्कृति जगर्नोका लागि पनि वडाध्यक्ष थापाले पञ्चेबाजाको एक सेट हस्तान्तरण गर्नु भएको थियो । समाजका अनिल परियार सहितको टोलीलाई अध्यक्ष थापाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन । 
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्